राजनीति

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रष्टीकरण लिइने



काठमाडौँ, ३२ जेठ । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज प्रष्टीकरण लिने भएको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो । आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन कार्कीलाई सन्देश पठाइएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।