काठमाडौँ, १० माघ । कांग्रेस सभापति गगन थापाले परिवर्तनको सन्देश लैजानुपर्छ भनेर नेतृत्वलाई पटकपटक हात जोड्दा र औंला उठाएर प्रश्न गर्दा पनि नसुनेपछि हस्तक्षेप गर्नुपरेको बताएका छन् । आज युवाहरूसँगको छलफलका क्रममा बोल्दै उनले यो सामान्य अवस्था भने नभएको बताए । 'जेनजी आन्दोलनमा परिवर्तनको मुद्दा उठ्यो, त्यसलाई नेतृत्वले सुन्नुपर्थ्यो,' उनले भने । काठमाडौं-४ मा पटकपटक निर्वाचन लडेको र विजयी…