काठमाडौँ, २८ जेठ । बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले नागरिकहरूको गुनासो पत्रसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सांसद ठकुरीले आज बिहान नागरिकहरूको गुनासो समेटिएको पत्रसहित प्रधानमन्त्री प्रचण्ड भेटेका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद ठकुरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै गुनासो पत्र हस्तान्तरण…