काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी)बाट आएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनेपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद स्थगन गरिएको बताएका छन् । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उनले भने, “हामीले नेकपा (एकीकृत समाजवादी)का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको प्रत्यत्नमा जोड्ने प्रक्रियाअन्तर्गत उहाँलाई…