काठमाडौँ, २१ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय कठघरामा उभ्याउन आग्रह गरेका छन्। नागरिकता विधेयक प्रमाणीकरण, कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने बाटोका लागि छोड्न सक्ने अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग्न भनेका हुन् । उनले बंगलादेश जाने बाटो नेपाल जस्ता भूपरिवेष्ठित राष्ट्रले पाउनैपर्ने अधिकारको विषय भएको बताउँदै यसलाई नेपालको मिचिएको…