काठमाडौँ, ८ भदौ । विवाहको उमेर १८ वर्ष र संविधानसँग बाझिने कानुन संशोधन गरी एकरूपता कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहित पाँच वकिलले संवैधानिक इजलासमा सुनवाइको माग गर्दै शुक्रबार (भदौ ६) रिट दायर गरिएको हो । तर, संवैधानिक इजलास नै नबसेकाले सर्वोच्चले पेसी दिएको छैन ।…