नेपाल–भारत साझेदारीमा नयाँ अध्याय

काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका क्रममा भएका विभिन्न विषयमा उच्चस्तरीय सहमति भएका छन्। त्यस क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सात वटा विषयमा सम्झौता भएको…