काठमाडौँ, १८ जेठ । नेपाल–भारतबीच क्रस बोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) सम्बन्धी सम्झौता भएको छ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा क्रस बोर्ड पेमेन्टको मुद्दामा सम्झौता गरेका छन् । नेपालकातर्फबाट एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश प्रधान र भारतका तर्फबाट एनपीआईएलका सिईओ रितेश शुक्लाले सम्झौतापत्र…