बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभाबाट बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । विधेयकमाथि सैद्धान्तिक छलफल पछि सभामुख देवराज घिमिरेले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२…