जनकपुरधाम, १३ बैशाख । निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् । भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार दिउँसो कार्यकक्षामै थुनेका हुन् । उनीहरुले मन्त्रालयको परिसरमा फोहोर थुपारेर प्रदर्शनसमेत गरेका हुन् । विभिन्न योजनाहरुको काम सम्पन्न गरेको २ वर्ष बित्दा समेत अझै भुक्तानी नदिएको निर्माण व्यवसाहरुको गुनासो छ…