राष्ट्रिय युवा संघ नेपाल ‘आन्दोलनको नेता’ संगठन होः पूर्वमन्त्री बस्नेत

काठमाडौँ, १० बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल देशकै सबैभन्दा शक्तिशाली र समग्र आन्दोलनको नेता संगठन भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको ९औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेलगायतका पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा बोल्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले नेपालको युवा आन्दोलनलाई विगतदेखी नै उठाउने…