प्रधानमन्त्रीलाई एमालेको प्रश्न : अर्को चोटी विश्वासको मत कहिले लिने ?

काठमाडौँ, ६ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले २६ पुसमा विश्वासको मत लिएका प्रधानमत्री प्रचण्ड दुई महिना १० दिन नपुग्दै अर्को पटक विश्वासको मत लिन उपस्थित भएको भन्दै उनले सदनको विजनेश नै यत्ति मात्र हुने त होइन…