खादामालामा भुल्ने समय छैन, परिणाम दिने गरी काम गरौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राजनीतिक स्थायित्व दिनु आफूहरूको जिम्मेवारी भएको बताएका छन्। ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएर राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनस्तरमा देखिनेगरी सुधार ल्याउन हामी दृढ सङ्कल्पित हुनैपर्छ,’ मन्त्रिपरिषदको सोमबारको बैठकमा मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले भने,…