गोला प्रक्रिया विवादले संवैधानिक इजलास अवरुद्ध

काठमाडौँ, ३० साउन । संवैधानिक इजलास गठन सम्बन्धमा न्यायाधीशहरूबीच नै समझदारी हुन नसक्दा करिब डेढ महिनादेखि संवैधानिक इजलास बस्न सकेको छैन । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अन्य इजलासमा जस्तै संवैधानिक इजलासमा पनि गोला प्रक्रियाबाट न्यायाधीश छान्ने तयारीमा छन् भने वरिष्ठ न्यायाधीशहरू पूर्ववत् रूपमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुनुपर्ने पक्षमा छन् ।  अनुसन्धान तथा योजना समितिका अध्यक्ष वरिष्ठतम…