काठमाडौँ, २५ माघ । दुई महिना पुग्दै गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग वासिंगटनले ‘बलियो सम्बन्ध’ बनाउन खोजेको संकेत गरेको छ । अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरियो नुल्यान्डको भ्रमण भएको एक सातापछि नै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रशासक सामन्था पावरले पनि नेपाल भ्रमण गरेबाट यो संकेत मिलेको हो । नेपालमा कम्युनिस्ट सरकार बन्नेबित्तिकै…