Banner News

इटहरीका पूर्वमेयर चौधरी एमालेमा फर्किदै



काठमाण्डौ,२८ फागुन । इटहरी उपमहानगर पालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीले नेकपा एमालेमा फर्किने घोषणा गर्नुभएको छ ।
गत निर्वाचनमा नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएका चौधरीले सो पार्टी कम्युनिष्ट नै नरहेको तथ्यबोध भएको कारण आफ्नै पार्टी एमालेमै फर्कने निर्णय लिनुभएको हो ।
एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जित्नुभएका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । रही भाइरल बन्नुभएका चौधरी एमाले त्यागेर माओवादीबाट टिकट लिई नेपाली कांग्रेससँगको गठबन्धन हुँदा समेत पराजित हुनुपरेको थियो ।
सो पराजयलाई चौधरीले जनताले पार्टी हेरफेर नरुचाएको अर्थमा बुझ्नुभएको छ ।