राजनीति

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पुष्पलालको शालिकमा माल्यार्पण



काठमाडौँ, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरको चम्पादेविस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।

पौडेल पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधिसभा सदस्य राजन केसीलगायतले स्वागत गरे ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरे । उनले त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गरे ।