राष्ट्रियसभामा दुई विषयगत समितिको प्रतिवेदन पेस

काठमाडौँ, १५ फागुन । राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा समितिका सभापति डा. बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताए । त्यस अवधिमा नौ विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीनवटा प्रचलित…