उत्तराखण्डको बाढीमा सम्पर्कविहीन नेपालीको खोजीका लागि कूटनीतिक पहल शुरू

काठमाडौँ, २३ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतकाे उत्तराखण्डको बाढीमा सम्पर्कविहीन नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल शुरू भइसकेको जानकारी दिएकी छन्  । परराष्ट्रमन्त्री राणाले बाढीमा परेर जाजरकोट, धादिङ, बर्दिया र जुम्लाका नागरिक बेपत्ता भएको जानकारी आएलगत्तै उनीहरूको खोजी र उद्धारका लागि कूटनीतिक पहल शुरू भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्  ।…