राजदूत खड्काद्वारा पोल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौँ, २३ मंसिर । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासमक्ष गैर आवासीय राजदूतको ओहदाको प्रमाणपत्र पेश गरेका छन् । वेलभिडीयार प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत खड्काले राष्ट्रपति डुडासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै…