काठमाडौँ, १५ साउन । नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेताहरुलाई महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी तोकेको हो । केन्द्रीय कार्यालय प्रमुख डा.भिष्म अधिकारीका अनुसार १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो, कतिले पार्टी छोडे, ती सबै बिषय यकिन गर्न संगठन विभागलाई जिम्मा…