काठमाडौँ, १६ मंसिर । जनता समाजवादी पार्टी, नेपालले काठमाडौँको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रियभूमि आयोगले काठमाडौँ महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता…