काठमाडौँ, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालले नयाँ प्रधानमन्त्रीसँगै पुरानो काम गर्ने कार्यशैलीमा परिवर्तन खोजेकाे बताएका छन् । आज नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा थापाले अब बन्ने सरकारले देशको विकासलाई प्रथमिकता दिनुपर्ने बताए । उनले भने, “नेपालले नयाँ सरकार मात्र खोजेको हैन । पुराना पुस्ताले काम गर्ने शैलीमा…