काठमाडौँ, २ मंसिर । काठमाडौँ उपत्यकालगायत अन्य साना–ठूला सहरमा भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको उल्लेख्य सङ्ख्या बसोबास गर्दै आएको छ । यीमध्ये कतिपय भरपर्दो विकल्प नभएका कारण नदी, खोला, सडक किनारालगायत जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका छन् । यसरी असुरक्षित स्थानमा बसोबास गर्नु यो समुदायको बाध्यता हो । उनीहरू पर्याप्त आवासलगायत आधारभूत मानव अधिकार र आवश्यकताबाट…