काभ्रे एकीकृत खानेपानी योजना : आकाशको फल आँखा तरी मर

काठमाडौँ, २७ कार्तिक । काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १० वर्ष भयो । समाचार काम सकिएको भनेर आउँछ, नेताहरूले भाषणमा ९७ प्रतिशत काम सकिएको दाबी पनि गर्छन् । तर उपभोक्ताको धारामा पानी नझरेपछि स्थानीय बासिन्दा खानेपानीको भर गर्न छाडेका छन् । खानेपानीको सबैभन्दा ठूलो समस्या नै बनेपा र पनौतीमा रहेको…