यी हुन् राष्ट्रपतिले संवैधानिक परिषद् विधेयक फिर्ता पठाउनुका ५ कारण

काठमाडौँ, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मा पुनर्विचार गर्नका लागि बिहीबार फिर्ता पठाएका छन् । विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपतिकहाँ पठाएका थिए । राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल…