युवालाई दुर्व्यसन मुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ : मुख्यमन्त्री कँडेल

सुर्खेत, ११ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान पुस्ता विशेष गरी युवा वर्गलाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता रहेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपालका प्रतिनिधिमण्डलसँग भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, लागूपदार्थको दुरुपयोग जस्ता समस्याको समाधानका लागि…