कांग्रेसको समानुपातिक बन्दसूचीको नामावली

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसको प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीको बन्दसूचीको नामावली सार्वजनिक भएको छ । बन्दसूचीमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताका नाम समेटिएको छ । बन्दसूचीमा गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जुको नाम पनि अटाइएको…