भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सप्तरी, १ साउन । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार्यक्रममा ती परिवारलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको हो । लामो समयदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयवासीले जग्गाधनी पुर्जा पाएपछि खुसी…