महन्थ ठाकुरको नाम सप्तरी-२ बाट सिफारिस

सप्तरी, २२ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको नाम प्रतिनिधिसभा सदस्यको लागि सप्तरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उनको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता…