विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल

काठमाडौँ, २८ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु सकारात्मक रहेको बताएका छन् ।  आज चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै वामपन्थी एकताका लागि पहल गर्न राजनीतिका फर्कन्छु भन्नु सकारात्मक भएको बताए ।  उनले भने, “विद्या भण्डारीको एमाले अध्यक्ष बनेर वाम एकताका लागि पहलकदमी गर्छु…