काठमाडौँ, २१ असार । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम गरेको बताएका छन् । आज प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले देशको आर्थिक अवस्था बिग्रँदै गएको आरोप लगाएका हुन् । उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झन्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको…