अध्यक्ष ओली र जनसंगठनका अध्यक्षबीच संवाद,तीन काममा जोड

काठमाडौ, २२ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले जनसंगठनका अध्यक्षहरुको सुझाव लिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको समिक्षादेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी जनसंगठनका अध्यक्षसँग संवाद गर्नुभएको हो । एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको बैठकमा अध्यक्ष ओलीले सवैको सुझाव सुनेर आफ्नो धारणा राख्नुभएको थियो ।…