जनप्रतिनिधिले जनताको सेवक भएर काम गर्नुपर्छ: महामन्त्री थापा

तनहुँ, १३ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा काम गर्नुपर्ने बताएका छन् । कांग्रेस तनहुँले आइतबार गरेको कार्यक्रममा थापाले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए । स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने पनि उनले बताएका थिए ।…