राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २७ असार । सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न १२ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकको कार्यसूचीअनुसार सांसदहरू सुमित्रा बिसी, उर्मिला अर्याल र कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने छ । त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक…