काठमाडौँ, १० असार । शेरबहादुर देउवा पाचौं पटक मुलुकको प्रधानमन्त्री छन् । उनी प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ तर अघिल्लो पटक २०७४ सालमा प्रधानमन्त्री हु“दा ल्याउने भनेर निर्णय गरिएको ‘सदाचार नीति’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ‘गायब’ छ । चौथोपटक सिंहदरबार ‘इनिङ’ गर्दैगर्दा प्रधानमन्त्री देउवाले पहिलो निर्णयका रूपमा ‘राष्ट्रिय सदाचार नीति’ ल्याउने फाइलमा हस्ताक्षर गरेका…