काठमाडौं, ३ असार । स्थानीय तहमा नवनिर्वाचित नेकपा एमालेका जनप्रतिनिधिहरुले २० बुँदे संकल्प गरेका छन् । काठमाडौंमा हिजो र आज आयोजित पार्टी स्कुलको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले ‘काठमाडौं संकल्प’ पत्र सार्वजनिक गरेका हुन् । संकल्पपत्रमा शासक नभएर सेवक हुने, सदाचारको नमूना बन्ने, भ्रष्टाचार नगर्ने, भ्रष्टाचार नियन्त्रण गर्नै, आफूले नेतृत्व गरेको पालिका…