काठमाडौँ, २ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले कुनै सैन्य सम्झौता नगर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले अरू देशसित कुनै सैन्य सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको बताएका हुन् । उनले भने, “एसपीपी भन्ने हुँदै छ रे, सैन्य सम्झौता हुँदै छ रे भनेर…