वैशाख २८ र २९ गते मतदाता शिक्षा दिइने

काठमाडौँ, २६ बैशाख । निर्वाचन आयोगले वैशाख २८ र २९ गते  मतदाता शिक्षा दिने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टाेलीलाई मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउन आयोगले निर्देशन दिएको बताए । स्थानीय तह निर्वाचन हुने ३० वैशाखको दिन पानी पर्ने संभावनाले निर्वाचन आयोग चिन्तित भएको छ ।…