मतदाताहरुमा विशेष अपिल : आउनुहोस्, यो चुनावमा उम्मेदवारलाई लिखित प्रतिज्ञा गराऔं

काठमाडौँ, १८ बैशाख । निर्वाचन नागरिकलाई सार्वभौम र स्वतन्त्र बनाउने अभियान हो । यसले नागरिकलाई विवेकपूर्ण तरीकाले आफूले चाहेको विकास र परिवर्तनको काम गर्नसक्ने योग्य र ईमान्दार जनप्रतिनिधि चयन गर्ने र उनीहरुको वाचा र काम प्रति वस्तुनिष्ठ निगरानी राख्ने अवसर दिन्छ । त्यसैले स्थानीय तहको चुनावमा भोट माग्न आउने सबै उम्मेदवारहरुले गर्ने बाचाहरुलाई लिखितम गरी राखौ…