मकवानपुर, ८ बैशाख । नेपाली कांग्रेस हेटौंडाले केन्द्रको निर्णय नमान्ने घोषणा गरेको छ । सत्ता गठबन्धनमा चुनावी तालमेलका क्रममा हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो । पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा…