डडेलधुरा, १५ बैशाख । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा दिएका छन् । नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले भने, ‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं पार्टीको विधिविधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्य समेत नरहने…