काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेको भन्दै आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रुपमा तयारी गर्नुपर्ने बताएका छन् । आज श्रीलंकाको कोलम्बोमा भइरहेको पाँचौं बिमस्टेक समिटमा काठमाडौंबाट भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुन:स्थापना गर्न र भविष्यमा…