नेपालको अर्थतन्त्र गम्भीर स्थितिमा छ : अध्यक्ष दाहाल

काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अर्थतन्त्रलाई दुर्घाटनातिर जानबाट रोक्ने बाटो खोजिरहेको पनि बताए । उनले भने, “अर्थतन्त्र गम्भीर स्थितिमा छ । तरलता र अभावको समस्या झेलेको छ । बैंक, निजी क्षेत्र, उद्योगी–व्यवसायीहरूको बारेमा…