काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति गम्भीर चासो देखाउँदै थप खस्कन नदिन र सबल बनाउनेमा संवेदनशील बन्न सरोकारवालालाई आग्रह गरेका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई मङ्गलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले बढ्दो मूल्य वृद्धि, चुलिँदो व्यापार घाटा, खस्कँदो विदेशी मुद्रा सञ्चितीको अवस्थाप्रति चनाखो बन्न सरोकारवालालाई निर्देशन दिए ।…