माओवादी छोड्नेहरू पदका लोभी हुन्: शिक्षामन्त्री पौडेल

बागलुङ, १४ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन्। जैमिनी नगरपालिका बागलुङ पार्टी कमिटीले आइतबार गरेको प्रशिक्षण कार्यक्रममा माओवादी नेता पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको बताए। माओवादीबाट गएका केही नेताहरूले माओवादीलाई नै सरापेको देख्दा…