काठमाडौँ, ११ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताएका छन् । आज रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिने भए पनि आउने मंसिरभित्र…