काठमाडौँ, १३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनालाई अनियमितता आरोपमा मुद्दा दायर गरेको छ । आयोगले विभागका महानिर्देशक रामप्रसाद घिमिरे, उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष पशुपति मुरारकासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध १ अर्ब २४ करोड ३५ लाख २६ हजार ६ सय ४३ बराबरको…