सत्ता गठबन्धनको बैठक पुनः बस्ने गरी सकियो

काठमाडौँ, १५ माघ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको अनौपचारिक जानकारी आएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ । स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएको छ…