काठमाडौँ, २३ पौष । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले राम्रो काम नगर्दा कर्मचारीले सरकारलाई दवाप दिनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८ औँ विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाँणले निजामती कर्मचारीहरूका युनियन सबैको साझा हुनु पर्ने बताएका छन् । गृहमन्त्री खाँणले युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो…