काठमाडौँ, १५ पौष । नेकपा माओवादी केन्द्रले संविधानसभामा पेस गरेको फरक मतलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गर्न माग गरिएको छ । सो पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलमा उठेका विषयलाई बन्दसत्रमा पेस गर्दै सल्लाहकार समिति समूह ‘क’ का चित्रबहादुर श्रेष्ठले उक्त कुरामा जोड दिनुभएको हो…